असोज १७ – काठमाडौंको तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शेरबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । केरुङ नाका हुँदै आएको उक्त सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको अबस्थामा सोमबार साझ करिव साढे पाच बजेको समयमा तिनपिप्लेबाट बरामद भएको परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले जानकारी दिनुभयो । रसुवा केरुङ नाका हुदै काठमाण्डौ सुन तस्करी भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसरर काठमाडौवाट विशेष प्रहरी टोलि परिचालन गरि तिन पिप्ले वालाजुमा निगरानी तथा एम्वुस टोली खटाइको र उक्त टोलीले सुन बरामद गरेको लामाले बताउनुभयो । बरामद भएको सुनको मुल्य करिव साढे दुई करोड रुपैया बराबरको रहेको उहाले जानकारी दिनुभयो । तातोपानी नाका बन्द भएपछि केरुङ नाकाबाट सुन तस्कर गर्ने क्रम बढेको भन्दै प्रहरीले बिशेष सक्रियकता बढाएको लामाले बताउनुभयो । सु्नसहित पक्राउ गरेका व्यक्तिलाई आवश्यक कानूनि कारवाहीको लागी राजस्व अनुसन्धान विभाग पठाईने प्रहरीले जनाएको छ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सरकारले कडा कदम चालेपछी पछिल्लो समय केरुङ नाकाबाट हुने सुनको तस्करी बढेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *