साउन ११ – गुरुपूर्णिमाकाे अवसरमा नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठको नेपालभाषा ए’ वर्ण पुस्तकको लोकार्पण गरिएको छ । अाज विहान लुमन्ति दबूको अायाेजनामा विभागको सभाकक्षमा भएको कार्यक्रममा पूर्व विभागीय प्रमुख प्रा.डा. सुन्दरकृष्ण जोशीले पुस्तकको लोकार्पण गर्नु भएको हो ।कार्यक्रममा पूर्व विभागीय सहप्रमुख प्रा. तुलसीलाल सिंह,उप प्रा. बज्रमुनि बज्राचार्य, ईश्वरीमैंया श्रेष्ठ, लुमन्ति दबूया अध्यक्ष किरणकेन रंजित लगायतको उपस्थिति थियो । उक्त अवसरमा विद्यार्थीहरूले विभागका गुरूहरूलार्इ सम्मान गरेर गुरूपूर्णिमा पनि मनाएका थिए ।
Facebook Comments