भाद्र २५ संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले मिश्रको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । उहा बिरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । मिश्रको जवाफ चित्तबुझ्दो आएको हुँदा सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले अदालतमा विसंगती, विचौलिया समाप्तीको प्रश्न राख्दै आएकोमा मिश्रले कार्ययोजना बनाएर शुन्यमै लैजाने धारणा राखेको सभापति कर्णले बताउनुभयो ।  त्यसअघि समिति बैठकमा आफुमाथि लागेका आरोपका बारेमा मिश्रले न्यायपालिकाको भावी कार्यदिशाबारे २५ पृष्ठको कार्ययोजना पेश गर्नुभएको थियो । उहाले अदालतमा कुनै पनि राजनीतिक हस्तक्षेप नहुने भन्दै राजनीतिक पूर्वाग्रहका आधारमा काम गरे सजाय भोग्ने बताउनुभएको थियो ।

यसअघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानन्यायाधीशका रुपमा मिश्रलाई नियुक्त गर्ने बाटो खुलेको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *