भाद्र ६ – मध्यपूर्वका देशमा कार्यरत नेपालीले भोग्नुपरेका समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को छैटौँ मध्यपूर्व क्षेत्रीय बैठक युएईको दुबईमा हुँदैछ । भोलिदेखि हुने बैठकमा घरेलु कामदारका समस्या, अंगभंग र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र निःशुल्क टिकट तथा प्रवेशाज्ञाको कार्यान्वयनका बारेमा छलफल हुने एनआरएनएका प्रवक्ता भूषण घिमिरेले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालीम, फर्केर आएका युवायुवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना र समायोजन, सामाजिक सुरक्षा कोष, हजारे अभियानलगायत विषयमा समेत बैठकमा छलफल हुनेछ । बैठक ९ गतेसम्म चल्नेछ ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *