असोज २३ – यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री विलियम नोरहाउस र पल रोमरलाई दिइएको छ । आर्थिक वृद्धिमा दीर्घकालीन रुपमा प्रभाव पार्ने तत्वका बारेमा गरेको नयाँ विश्लेषणका लागि उहाँहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । रोयल स्विडिस एकेडेमीले नोरहाउसलाई जलवायु परिवर्तनको विषयवस्तु पनि बृहत अर्थशास्त्रमा समावेश गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरेको जनाएको छ । पल रोमरले भने प्रविधि विकास तथा खोज बृहत अर्थशास्त्रमा समावेश गरेबापत नोबेल पुरस्कार पाउनुभएको हो । नोरहाउसले जलवायु परिवर्तनले गर्दा अर्थतन्त्रमा कसरी प्रभाव पार्छ भनेर अध्ययन गर्नुभएको थियो । पल रोमरले अर्थशास्त्रीले आर्थिक वृद्धिको दर कसरी दीर्घकालीन बनाउने भन्ने विषयमा अध्ययन तथा अनुसन्धान गर्नुभएको थियो । जलवायु परिवर्तनको बाबजुद दुवैको खोज तथा अनुसन्धानले आर्थिक वृद्धिको विकासमा जोड दिएकाले उहाँहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । यो सँगै सन् २०१८ को सबै विधाको नोबेल पुरस्कारको घोषणा सकिएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *