विश्व वातावरण दिवसको सन्दर्भमा संसारबाट प्लाष्टिक प्रदुषणको अन्त्य– आजको आवश्यकता

मानिसले संसारमा अत्याधिक रुपमा प्लाष्टिकको प्रयोग गर्न थालेको करिव ५ दशक मात्र भएको छ । सन् १९५० को दशकमा धेरै सानो परिणामामा प्लाष्टिकको उत्पादन गरिएको थियो र जसलाई सजिलैसगँ व्यवस्थापन गरिएको पनि थियो । प्लाष्टिकका सामानहरुको उत्पादन सन् १९९० को दशकमा आएर झण्डै ३ गुणाले वृद्धि भएको देखिन्छ । अझ यो भन्दा वढि स्न २००० को सुरुमा मात्र विगतको ४० वर्षमा गरेको प्लाष्टिक उत्पादन भन्दा बढि एकै दशकमा भएको पाईयो । आजको अवस्थालाई निहाल्ने हो भने संसारभर ३० करोड टन प्लाष्टिक प्रति वर्ष उत्पादन हुने गरेको छ जुन हाल संसारमा भएका आठ अरब मानिसहरुको तौल वराबर हुन आउछ । अझ शुष्म रुपमा गरेको एक अध्ययनबाट के पनि दर्शाइएको पाउछौ भने संसारमा प्रति दिन १० लाख प्लाष्टिक बोतल ( पिउने पानीको लागी प्रयोग हुने) बिक्रि हुने गरेको छ । अझ प्लाष्टिक व्यागको कुरा गर्ने हो भने प्रत्येक वर्ष एक पटक प्रयोग गर्ने प्लाष्टिक व्याग एक वर्षमा ५० खरव टन उत्पादन हुन्छ । अर्को एक अनुसन्धाले यो पनि देखाएको छ सन् १९५० को शुरुमा ८.५ खरव टन प्लाष्टिक उत्पादन भएको थियो भने जसको ६० प्रतिशत जाने स्थान भनेको व्यवस्थित वा अव्यवस्थित ल्याण्ड फिल्ड साईट अथवा प्राकृतिक वातावरण नै हो । मानिसहरुको जीवन शैलिमा आएको परिवर्तन सगसगै प्लाष्टिकका सामानहरुको प्रचुरमात्रामा प्रयोग हुन थाल्यो जसको परिणाम स्वरुप सन् १९५० को दशक पछि अरु पदार्थ भन्दा प्लाष्टिकको उत्पादन अत्याधिकवृद्धि भयो ।
प्लाष्टिकको उत्पादन गर्ने मुख्य कच्चा पदार्थ भनेको, केमिकलहरु, खनिज तेल, प्राकृतिक ग्याँस र कोईला हो । यी सवै कच्चा पदार्थहरु पुनः प्रयोग गर्न नसकिने श्रोतमा (Non-renewal resources) पर्दछ । अहिले भैराखिएको प्लाष्टिकका सामानको माग र उत्पादनको गतिलाई दृष्टिगत गर्ने हो भने सन् २०५० सम्म प्लाष्टिक उत्पादन गर्नको लागि मात्र संसार भरमा हाल उपलव्ध भैराखेको खनिज तेलको २० प्रतिशत प्रयोग गर्न पर्ने हुन्छ जुन ५ लाख भन्दा कम जनसंख्या भएको पाँच वटा देशको लागि १० वर्ष लाई पुग्ने खनिज तेल हो ।
विश्वमा भैराखेको विकासको गति र स्वभावलाई मध्यनजर गर्ने हो भने संसारका सवै मानिसहरुले एक पटक प्रयोग गर्ने प्लाष्टिकका सामानहरु नै अत्याधिक प्रयोगमा ल्याउछन् । प्लाष्टिकका धेरै स्वरुपहरु छन् यहाँ मानिसले आफ्नो दैनिक क्रियाकलापमा प्रयोग गर्ने प्लाष्टिकका सामानहरुको स्वरुपहरु बारेमात्र विश्लेषण गर्दाः (क) PET (Polyethylene Teroephalate ) जसबाट पानी पिउने बोतल, स्वास्थ्य क्षेत्रमा प्रयोग हुने सिरिन्ज र विस्कुट लगाएत अन्य खाध्य सामाग्री हरुको प्याकेजिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु उत्पादन गर्छ । (ख) HDEP (High Density Polytcthlene ) जसबाट प्रायः स्याम्पोका वोतलहरु, दुधका बोतलहरु, फ्रिजमा प्रयोग गर्ने भाडा र साथै पिउने पानी सप्लाई गर्ने पाईप पनि, आइसक्रिम बनाउने कपहरु बनाउने गरिन्छ । (ग) PP ( Polypropylene) जसबाट पोटेको चिप्स जस्ता खाद्य पदार्थ प्याक गर्न व्याग, माइक्रो अाेभनमा प्रयोग हुने भाडाहरु, आइसक्रिम बनाउने ट्युवहरु र वोतलका बिर्कोहरु बनाईन्छ (घ) PS ( Ploystreme) जसबाट कटलरी, प्लाष्टिक प्लेट र प्लाष्टिक कपहरु बनाईन्छ र (ङ) EPS ( Expanded polystyrene)  जसबाट कुनै झोलाहरुको सुरक्षाको लागि एअरपोर्टमा गरिने प्याकेजिङ र तातो पेय पदार्थको लागि प्रयोग गरिने कपहरु बनाउनको लागि प्रयोग गरिन्छ ।
यस प्रकार विभिन्न रुप र स्वरुपमा उत्पादन गरिने अत्याधिक प्लाष्टिकका सामानहरुको उत्पादनमा कम गर्नको लागि कच्चा पदार्थको प्रयोगमा कमि ल्याउने अथवा कम गदै जाने र उत्पादित प्लाष्टिकका सामानहरु बाट श्रृजित फोहर मैलालाई उचित व्यवस्थापन गर्ने नै आजको आवश्यकता र चुनौति पनि भएको छ । यी माथि उल्लेखित आधारबाट हामी के निर्कोल मा पुग्न सकिन्छ भने हालका दिनमा वातावरण प्रदुषणको मुख्य कारणहरु मध्ये प्लाष्टिक पनि एक रहेको छ । प्लाष्टिकको समुचित व्यवस्थापनले नै वातावरण सुर्धानको लागि टेवा पुर्याउन सकिन्छ ।
अझ घत लाग्दो कुरा के छ भने संसारमा उत्पादन भएका नौ प्रतिशत प्लाष्टिक मात्र पुन प्रयोगमा ल्याउन सकिन्छ । अल्प विकसित र विकसित देशहरुमा मात्र १२ प्रतिशत प्लाष्टिक जलाएर नष्ट गर्ने चलन छ जुन स्वास्थ्यको लागि अति नै घातक प्रकृया हो । बाँकि ८८ प्रतिशत प्लाष्टिकजन्य फोहरमैला अव्यावस्थीत पाराले विसर्ज गरेको पाईन्छ । ठुलठुला शहरहरुबाट उत्पादन हुने फोहरहरु सगै मिसियर आउने प्लाष्टिकहरुले फोहर मैलाको मात्रा बढाएर व्यवस्थापन गर्न हम्मे हम्मे पारेको छ । कुनै पनि शहरबाट संकलन गरिने फोहर मैलामा करिव २५ प्रतिशत मात्र प्लाष्टिक जन्य पदार्थ हुने गरेको छ । जुन कुहिन सक्दैन र जसको कारणले अरु फोहरहरुको मात्रा पनि बढि हुन्छ जसको कारण व्यवस्थापन खर्च बढि लाग्न जान्छ अझ उचित तरिकाले व्यवस्थापन नगरिएका ठुलो परिमाणका फोहरहरुले जमिन मुनिको पानि, साथै घरपालुवा र जंगलि जनावरहरु, नदिका माछा, लगायतका अन्य जलचरहरु साथै सामुद्रिक  प्राणीहरुलाई अत्याधिक असर पारेको पाईएको छ । जमिनमुनी प्लाष्टिक जन्य फोहरहरुलाई गाडेर प्रदुषण मुक्त हुन सक्छौ यो क्षणीकको लागि मात्र हो कालान्तरमा यसलृे वातावरणमा ठुलो प्रभाव पारेको हुन्छ । नदिहरुमा जम्मा हुने प्लाष्टिकहरु अन्तमा समुन्द्रको पिधमा गएर जम्मा हुन्छन् । अहिले समुद्र दुषित हुनुको मुख्य कारण नै प्लाष्टिक जन्य फोहोरमैला भएको छ । सन् २०१७ को कोलम्बिया विश्व विद्यालयलको अध्ययन अनुसार समुद्रमा प्रत्येक वर्ष ८ मिलियन टन प्लाष्टिक जन्य फोहोरहरु थुप्रिन्छन् । संसारमा ९० प्रतिशत प्लाष्टिकजन्य फोहोर विकाससिल देशहरुका १० वटा मुख्य नदिनहरुबाट समुद्रसम्म पुग्ने गर्दछ । किन भने संसारमा एउटै पदार्थ छ जुन कुहिन १००० वर्ष लाग्छ त्यो प्लाष्टिक नै हो । समुद्रमा थुप्रिने क्रममा विभिन्न कारणले प्लाष्टिक सानो भन्दा सानो कणमा परिणत भएर जान्छ तर हजारौ वर्ष सम्म पनि प्लाष्टिकको गुण हराउदैन हाल आयर समुद«का माछा लगाएत जलचरहरुको खाना प्लाष्टिक जन्य फोहोर हुन थालेको छ । जुन माछाको शरिरको माध्यमबाट हाम्रो खाना सम्म फेरी आईपुग्छ । केहि अनुसान्धानबाट के पनि सिद्ध गरिसकिएको छ भने सामुद्रिक वाष्पीकरण सगै बादलमा अति नै साना प्लाष्टिकका कणहरु पनि पानी सग आउछ जुन वर्षात, नदि, खानेपानी मुल हुदै फेरी हम्रो घरको धारा सम्म आईपुग्छ यस प्रकारको प्रदुषणले नै संसारमा नयाँ र प्राण घातक जस्ता क्यान्सर रोगहरु बढ्ने क्रम बढि रहेको छ । यदि यहि क्रममा समुद्रमा  प्लाष्टिक जन्य फोहोर जम्मा हुँदै जाने हो भने सन् २०५० सम्म माछा भन्दा प्लाष्टिकको परिमाण वढि हुने अनुमान वैज्ञानिकहरुले गर्न थालेका  छन् । हालका दिनमा प्लाष्टिक जन्य फोहोर उत्पादन गर्ने मुख्य देशहरुमा संयुक्त राज्य अमेरिका, जापान, युरोपियन देशहरु पर्दछन भने त्यस देशहरुमा प्लाष्टिक जन्य फोहोरको व्यवस्थापन उचित तरिरकाले गरिरहेको पाउछौ अझ सन् २०१७ मा गरेको एक अध्ययनले के पनि दर्शाएको छ भने संसारमा उत्पादन हुने सम्पूर्ण प्लाष्टिक जन्य फोहरमैला मध्ये ५० प्रतिशत मात्र दक्षिण पुर्वी ५ एसियाली राष्ट्रहरु चीन, इण्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड र भियतनामले गर्ने गरेको पाइएको छ । यसको मुख्य कारण यि देशहरुको द्रुत आर्थिक विकास, गरीवि जनसंख्या घटाउने र स्तरीय जीवनशैलीको विकास नै हो । यी पाँच वटा राष्ट्रहरुले औसत प्रतिवर्ष १ लाख टन प्लाष्टिक जन्य फोहर उत्पादन गर्दछ भने ती सवै पाँच देशमा वर्षमा मात्र सय हजार टन प्लाष्टिक जन्य फोहोरको उचित व्यवस्थापन गर्ने गरेको पाउछौ । प्लाष्टिक जन्य फोहोर र यसबाट वातावरणमा परेको प्रतिकुल असरले गर्दा सचेत देशका जनताहरु जागिसकेकेका छन् यदि जुन सुकै देशमा प्रभावकारी र सशक्त जिम्मेवारीबोध सरकार भएको देशहरुले प्लाष्टिक जन्य फोहोरको व्यवस्थापन गर्नको लागि अल्पकालिन र दीर्घकालिन योजनाहरु बनाउन थालिसकेका छन् भने ती देशहरुले गर्न सक्ने भनेको तत्कालै नियमित एव्म प्रभावकारी जनचेतना जागरण अभियान संचालन, प्लाष्टिकको पुन प्रयोगको लागि सहयोग, प्लाष्टिकका सामान प्रयोग गर्ने निकायहरुबाट बढी कर असुली गर्ने नियमको थालनि र सानो माइक्रोनबाट बनेको प्लाष्टिकको सामानहरु माथि प्रतिवन्ध लगाउदै जाने ।
गत दशकमा सम्पन्न भएको सह्र सताव्दी विकास लक्ष्य (Millennium Development Goal) ले यस क्षेत्रमा छिटो कुहिएर जान सक्ने प्लाष्टिकहरुको प्रयोगको नीति को विकास अंगिकार गर्न विकाशिल देशहरुलाई उत्प्रेरित गरिएको पाउछौ । MDG Goal सँगै अफ्रिकि महादेशका २५ राष्ट्रहरुले प्लाष्टिक झोलाहरुको पुर्णतया प्रतिवन्ध गरि सकेको छ ।
अन्तमा विश्व सन्र्दभको विश्लेषण गर्ने क्रममा अहिले भर्खरै मात्र राजनैतिक यात्रा सम्पन्न गरि आर्थीक यात्राको थालनी सगै नयाँ संविधानको मुल मर्म अनुरुप भर्खरै संघियतामा गई सकेको विकासशिल राष्ट्र नेपालले प्लाष्टिक जन्य फोहर व्यवस्थापन सन्र्दभमा विश्वमा विद्यमान अन्य अनुसरण गर्न लायकका देश हरु अझ विशेषत २५ वटा अफ्रिकि मुलुकहरुको पृष्ठभुमी झण्डै नेपालसंग मिल्दो जुल्दो हुन आउछ ती राष्ट्रहरुले गरेका प्लाष्टिक व्याग मा गरेको प्रतिवन्धलाइ मात्र अनुसरण गर्ने हो भने हाल विद्यमान प्लाष्टिक जन्य फोहोर मैला बाट सिर्जित समस्याको ५० प्रतिशत समाधान गर्न सकिन्छ भनेर ठोकुवा गरेर भन्न सकिन्छ । आज सवै स्थानमा सकारात्मक सोच र सकारात्मक योजना बनाउन पर्छ भनेर राजनेताहरुले फलाकि रहेको अवस्थामा दिगो योजना वनाएर मात्र पुगेन संवैधानिक प्रावधानहरु अनुरुप गठन भएको स्थानीय सरकारहरु गाँउपालिका, नगरपालिका, प्रदेश सरकार र केन्द्रिय सरकारले आ आफ्नो क्षेत्राधिकार भित्रको कार्ययोजना बनाई ढिलो नगरीकन कार्यान्वयन तिर लाग्नु नितान्त आवश्यक भएको छ । संयुक्त राष्ट्र संघले यस वर्ष विश्व वातावरण दिवस २०१८ को सन्र्दभमा अघि सारेको नारा(Beat Plastic Pollution) प्लाष्टिक प्रदुषणलाई अन्त्य गरौ भन्ने नारालाई सन् २०१८ को जुन ५ देखी सन् २०१९ को जुन ५ सम्म सवै स्तरका स्थानिय सरकारहरुले प्लाष्टिक जन्य फोहरलाई मात्र व्यवस्थापन गर्न सकियो र अझ आफ्नो क्षेत्रमा प्लाष्टिक व्यागलाई सधाको लागि प्रतिवन्ध लगाउन सकियो भने विश्व वातावरण सुध्र्राने कार्यमा ठुलो सहयोग पुर्याउन सकिन्छ ।

 

 

 

 

प्रा.डा. मुरली गोपाल रंजितकार
वातावरण ईन्जिनियर

(लेखकः नेशनल ईन्सिच्युट अफ हेल्थ एण्ड इन्भारमेन्टका अध्यक्ष हुनु हुन्छ) 

यो पनि पढ्नुहोस्

मृत्युको कारण – ८० वटा प्लास्टिक ब्याग

फालिएका प्लाष्टिक बोटलको असर कहाँसम्म

Facebook Comments
ब्यानर, लेख/विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *