बैशाख २३, ललितपुर –  काठमाडौं महानगरपालिकाले  फुटपाथमा हुँदै आएको व्यापारमा प्रतिबन्ध लगाउने निर्णय  गरेको छ । साँझको समयमा फुटपाथ अतिक्रमण गरेर ब्यापार व्यवसाय सञ्चालन गर्न नदिने निर्णय महानगरपालिकाले गरेको हो । महानगरपालिकाले यस भन्दा अघि दिउँसोको समयमा केही कडाइ गरे पनि साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न दिएको थियो ।

शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ ओर्लिएर  सडकमा  हिँड्नुपर्ने अवस्था आएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको हो । फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु गरिएको महानगरले जनाएको छ ।

बेलुकी ६ देखि राति १० बजेसम्म फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्ने तयारी महानगरपालिकाको छ । अहिलेसम्म फुटपाथमा ब्यापार गर्नेको समान जफत गरेपछि परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएको छ । अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइने  महानगरपालिकाले जनाउदै खुद्रा बजारका लागि तत्काल कुनै विकल्प पनि दिन नसकिने बताएको छ ।

 

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *