असोज २४ – संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजीनामा दिनु भएको छ । साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहेकी हेलीको राजीनामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आश्चर्यमा पारेको छ । तर राष्ट्रपति ट्रम्पले उहाँको राजीनामा स्वीकार गरेका विविसीले जनाएको छ । ट्रम्प प्रशासनले हेलीलाई सन् २०१७ को जनवरीमा संयुक्त राष्ट्र संघका लागि राजदूत बनाएको थियो । ४६ वर्षीया हेलीले राजीनामा दिनुपर्नाको कुनै कारण खुलेको छैन ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *