कार्तिक १२ – अमेरिकाको कोलोराडो शहरमा बसेर विभिन्न पेशा, व्यवसाय गरिरहेका नेवारहरुको संस्था नेवाः दबू कोलोराडोले यसवर्ष पनि नयाँ वर्ष ११३९ को शुभकामना आदानप्रदान गर्दै संयुक्त म्हपूजा गर्ने भएको छ । नेपाल सम्बत् ११३४ देखि नयाँ वर्ष मनाइरहेको दबुले गएको वर्षदेखि डेन्भर शहरमा संयुक्त म्हपुजा गर्न थालेको हो । यसवर्ष ८ नोभेम्बरका दिन डेन्भर शहरमा संयुक्त म्हपूजा कार्यक्रम हुने सदस्य धनेश रञ्जितकारले बताउनु भयो ।

Facebook Comments
ABROAD

Leave a Reply

Your email address will not be published. Required fields are marked *