नेपाल संवत ११३९ शुरू

कार्तिक २२ – नेपाल संवत ११३९ आजबाट शुरू भएकाे छ । राष्टिय विभूति शङ्खधर साख्वाले इश्वी संम्वत ८८० सालमा गरीब नागरिकको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराउनुभएको थियो । नेपाल सम्वतलार्इ चन्द्र शमशेरको पाला वि सं १९६० सम्म राष्ट्रिय सम्वतको मान्यता दिइएको शताब्दी पुरूष सत्यमोहन जोशीले बताउनु भयाे । त्यसपछि नेपाल सम्वतलार्इ राष्ट्रिय सम्वतको मान्यता नदिएको हो । राणा शासनको अन्त्य पछि २००७ सालमा प्रजान्तत्रको स्थापना भएदेखि नेपाल सम्वतलार्इ राष्ट्रिय मान्यताको लागि अभियान शुरू भएको हो  । गरिव नागरिकको ऋणमोचन गरी सामाजिक सेवाको उत्कृष्ठ नमूना प्रस्तुत गरेको र नेपालको अाःफ्नै मौलिक संम्वत शुरू गरेकोले उहाँको योगदानको उच्च मूल्याकन गरेर नेस ११३० कछलाथ्व दसमीका दिन अथार्त २०५५ सालमा सरकारले साख्वालार्इ राष्ट्रिय विभुति घोषणा गरेको हो।

नेपाल संवतको नयाँ वर्ष स्वदेश एवमं विदेशमा रहेका नेवार समुदायले विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसैबिच नेवा मंक खलःका संस्थापक पद्मरत्न तुलाधरको निधनका कारण काठमाडौ उपत्यकामा आजका दिन नेपाल सम्बतका अवसरमा आयोजना गरिने धेरै जसो औपचारिक कार्यक्रम स्थगित गरिएको छ । तर भक्तपुरको ठीमिमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले नेपाल सम्वतको अवसरमा हरेक वर्ष गर्दै भएको कायर्कम भने निरन्तर हुने भएको छ । कार्यक्रममा नेपाल सम्वतको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका राजा शाक्य र नेपाल पंचाङ्ग समितिलाई विशेष सम्मान प्रदान गर्दैछ । उपप्रधान मन्त्री इश्वर पोखरेलकोे प्रमुख आतिथ्यमा हुने विशेष कार्यकम्रमा उहाँहरुलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।
आज नेवार समुदायमा म्हः अर्थात आत्मा पूजा समेत गरिन्छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा लगायतले तिहार तथा नेपाल सम्बतको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *