भाद्र १ – नेपाल पत्रकार महासंघले मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासंग बाझिने देखिएकाले तत्काल संसोधन गर्न माग गरेको छ ।  उक्त ऐनका बिषयमा महासंघ र प्रेस काउन्सिल नेपालले संयुक्त रुपमा छलफल कार्यक्रमको आयोजना गर्दे उक्त माग गरिएको हो । कार्यक्रममा महासंघका पूर्व सभापति डाक्टर सुरेश आचार्यले लोकतन्त्रमा समेत सार्वजनिक सरोकारका विषयमा व्यङ्ग्य गर्न गाइजात्रा कुर्नुपर्ने अवस्था आएको धारणा धारणा राख्नुभयो । उहाँले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने कानुन स्वीकार्य नहुने भन्दै संशोधनका लागि दवाव सृजना गर्नुपर्ने बताउनु भयो । प्रेस काउन्सिलका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीले देवानी तथा फौजदारी संहिता २०७४ ले प्रेस स्वतन्त्रतामा संकुचन भए त्यसमाथि संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले कानुनलाई गतल व्याख्या गर्ननहुने बताउनु भयो । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले समाजमा हुने गलत गतिविधिलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याएको भन्दै पत्रकारहरुले त्यसमा शंका नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकी संहितामा विभिन्न सकारात्मक विषयहरु रहे पनि संहिताको दफा २१ देखि दफा ३०६ भित्रका दुईसय भन्दा बढि प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्न प्रयोग हुने खतरा देखिएको बताउनु भयो । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले प्रेस स्वतन्त्रतामाथि कुनैपनि ढंगबाट नियन्त्रण गर्न नहुने धारणा राखेका थिए ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *