साउन २० – नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले चिकित्सा शिक्षा अध्ययन गर्न बिदेशमा पुगेका विद्यार्थीहरुको बारेमा उठेका प्रश्न र समस्याहरु ७२ घण्टाभित्र सरकारले सम्बोधन गर्ने प्रयास नथाले आन्दोलन गर्ने चेतावनी दिएको छ । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे एशोसिएशनले बिदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका बिद्यार्थीहरुमाथि गलत ढंगको आक्षेप लगाईएको भन्दै यस बिषयमा सरकारको धारणा नआए आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष नविन यादवले वर्तमान समयमा राज्यका विभिन्न स्थानमा बसेर काम गरिसकेका व्यक्तिहरुले नै विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका विद्यार्थीहरुको अस्तित्व र भविष्यमाथि विभिन्न प्रकारका प्रश्नहरु खडा गरेको आरोप लगाउनुभयो । नेपाली मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको स्विकृतिमा विदेशमा पढ्ने जाने तर प्रायजसो विदेशका कलेजहरु कालो सूचिमा परिसकेको हुने र विद्यार्थीहरु कालो सूचिमा परेका कलेजहरुमा पढ्न बाध्य हुने स्थिति रहेको उहाको भनाई छ ।

पत्रकार सम्मेलनमा मधेशी चिकित्सक संघका प्रवक्ता डाक्टर विनय पञ्जियारले नेपालको स्वास्थ्य शिक्षा विश्वकै उत्कृष्ट भएको भन्दै विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई रोक्न सरकारलाई सुझाव दिनुभयो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *