असोज २० – ललितपुरमा नेपाल–चीन मेला सुरु भएको छ । पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा चलिरहेको मेलामा नेपालमा उत्पादित सामग्रीको प्रदर्शनीसँगै दुई देशको सङ्गीत, व्यावसायिक ज्ञान र सीपको आदानप्रदान हुने छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउने उद्देश्यले मेलाको आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले जानकारी दिनुभयो ।   मेलामा नेपालको लाखे नाच र चर्या नृत्य देखाइने छ । मेलामा राखिएका १ सय कक्षमा मनोरञ्जन, खेलकूद सामग्री, डिजिटल उपकरण, स्टेशनरी रहेका छन् । नेपालले मेलाबाट पर्यटन, कृषि, ऊर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनसक्ने नेपाल–चीन सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोलेले बताउनुभयो ।हिजोबाट शुरू भएको मेला ५ दिनसम्म चल्नेछ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *