सुरक्षित आप्रवासन परियोजना  लागि अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

भाद्र २० – नेपाल र स्विट्जरल्याण्ड सरकारबीच सुरक्षित आप्रवासन परियोजना तेस्रो चरण कार्यान्वयन लागि अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव डाक्टर राजन खनाल र नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनबाट प्राप्त हुने १ करोड ८१ लाख २१ हजार स्विस फ्रान्क अर्थात २ अर्ब १२ करोड २७ लाख ५८ हजार रुपैयाँ नेपाल सरकारले प्राप्त गर्ने छ । सुरक्षित आप्रवासन परियोजनाको तेस्रो चरण २०१८ देखि २०२२ सम्म कार्यान्वयन हुँदैछ । कार्यक्रममा अर्थ सचिव खनालले स्विट्जरल्याण्डको सहयोगले जनताको सुरक्षित आप्रवासनका लागी सञ्चालन भईरहेको कार्यक्रमलाई थप उत्साह पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

यसअघि मन्त्री परिषद्को गत भदौ ८ गते बसेको बैठकले सो रकम बराबरको सहयोग स्विकार गर्ने निर्णय गरेको थियो ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *