भाद्र २४ – सरकारले नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै निकायलाई निर्देशन दिएको छ ।  आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे मन्त्रालयले गलत नक्सा र निसान छाप प्रयोग नगर्न आग्रह गर्दे आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई निर्देशन दिइएको हो । पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्नका लागी सबै सरकारी निकायलाई पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँले नक्सा र निसान छापमा देखिएको त्रुटीका बिषयमा छानबिन गर्न र आधिकारिक नक्सा स्थापित गर्न अनुमगन समिति बनाईएको बताउनुभयो । मन्त्री अर्यालले निःशुल्क वा केहि कम शुल्कमा आधिकारिक नक्सा उपलब्ध गराउने तयारी सरकारले गरेको भन्दै सबैभन्दा पहिले सरकारी कार्यालय र शैक्षिक संस्थाबाट त्रुटीपुर्ण नक्सा हटाईने बताउनुभयो ।

त्यस्तै उहाँले बजारमा बिक्रि बितरणमा राखिएको नक्सामा निकै त्रुटि रहेको भन्दै ती नक्साहरु पनि हटाईने जानकारी दिनुभयो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *