भाद्र २२ – नेपाल र चीनबीच परवहन सम्बन्धी एतिहासिक सम्झौता भएको छ । नेपाल चीन सहसचिवस्तरिय पारवहन सन्धीको प्रोटेकल सम्बन्धी बैठकले गएराति सम्झौता गरेको हो । सम्झौतासँगै अब तेस्रो राष्ट्रबाट नेपालमा चीनका बन्दरगाहबाट सामान आयात निर्यात गर्न सकिनेछ । यो सम्झौतासँगै अब भारतीय बाटो हुँदै सामान ल्याउनु पर्ने बाध्यता हटेको छ । यसले गर्दा सामान अब छिटो छरितो रुपमा नेपाल आइपुग्ने उद्योग मन्त्रालयले जनाएको छ । सम्झौता अनुसार नेपालले अब तेस्रो राष्ट्र जापान, कोरियालगायत देशबाट सामान ल्याउँदा चीनको बन्दरगाह तेन्जिन, सेन्जेन, ल्हसा, सिगात्से लगायत प्रयोग पाउने छ । अब आयात निर्यात सहजै गर्न पाउने भएकाले आयात निर्यातको लागत पनि घट्ने अनुमान गरिएको छ । नेपाल र चीनबीच २ वर्षअघि सन् २०१६ मा व्यापार तथा पारवहनसम्बन्धी सम्झौता भएको थियो, त्यसलाई कार्यान्वयन गर्न अहिले नेपालमा बैठक बसेको हो । प्रोटोकल टुंग्याउन यसअघि २ वटा बैठक चीनमा भैसकेका थिए । पहिलो बैठक सन् २०१६ मा चीनको ल्हासामा भएको थियो भने गएको जुनमा दोस्रो बैठक पनि चीनमै भएको थियो ।

Facebook Comments
देश भित्र, ब्यानर

Leave a Reply

Your email address will not be published. Required fields are marked *