असोज २१ – नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आईतबार कुलपतिमा नियुक्त गर्नुभएको हो । नियुक्तिसंगै प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक ओलीसमक्ष प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित सपथ कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई विवादरहित बनाई सबै विधा र पक्षको विकास गरी त्यसलाई सांस्कृतिक रुपान्तरणमा लाग्न पनि उहाँले निर्देशन दिनुभयो ।

उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको कार्यकालमा उपकुलपति हुनुहुन्थ्यो । मुलुकका तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएको थियो ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *