अध्यक्षद्वयबाट नेता श्रेष्ठलाई प्रवक्ताबाट राजीनमा फिर्ता लिन आग्रह

साउन २३ – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठन बिस्तारका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयका बारेमा बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकमा ओलीले सरकारले अन्तराष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माणलगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सांगठनिक एकीकरण टुंग्याउन कार्यसूची निर्माणका बारेमा पनि छलफल भएको थियो । नेता श्रेष्ठले अर्को बैंठक बिहिबार बस्ने र पार्टीको स्थायी समिति बैंठक चाडै डाँक्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेता श्रेष्ठलाई प्रवक्ताबाट राजीनमा फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर सो आग्रहलाई नेता श्रेष्ठले अस्वीकार गर्नुभएको थियो । गत साउन ७ गतेको सचिवालय बैठकमा डा गोविन्द केसीको जारी अनसनको विषयमा श्रेष्ठको सक्रियतालाई लिएर अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेपछि श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिनुभएको थियो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *