कार्तिक ७ – ललितपुर थेचोको नवदुर्गा भवानीलाई ललितपुरस्थित पाटन दरवार क्षेत्रमा ल्याएर जात्रा गरिएकोे छ । हरेक वर्ष असोज शुक्ल चतुर्दशीका दिन नवदुर्गा भवानीलाई ललितपुरको दरवार क्षेत्रमा ल्याएर जात्रा गर्नु पर्ने परम्परा अनुसार हिजो मूलचोकमा ल्याएर जात्रा गरिएको हो भने आज नवदुर्गा गणबाट नाच प्रदर्शन गरिएको छ । विगत ५ वर्ष देखि रोकिएको यो परम्परा गएको वर्ष सुचारु भएको हो । जात्राको लागि हिजो नवदर्गा गणलाई थेचोबाट मंगलबजार ल्याएको थियो । थेचोको मालाकार समुदायले संचालन गरि आएको नवदर्गा नाचमा भैरव, गणेश, सिंघिनि, ब्याग्रिनी, कुमारी, इन्द्रायणी, काली, बाराही, विष्णुवि, ब्रम्हायणी, गंगा सहति ११ जना देवदेवी सम्मिलित छन् । ललितपुर थेचोको नवदुर्गा भवानीलाई वर्षमा दुई चोटी विजय दशमी र कोजाग्रत पूर्णिमाको एक दिन अगाडि मंगलबजारमा ल्याएर जात्रा गर्नु पर्ने परम्परा छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *