माघ २८ –  नेवार संस्कृतिमा मजिपाः लाखको महत्व, लाखेसँग राणा प्रधानमन्त्री जंग बहादुर राणा, सिद्धिमान राजभण्डारी र काठमाडौं यंगालको क्यबछेँसँग सम्वन्धित लेख लेखेर ऐतिहासिक तथ्य बाहिर ल्याउन अमूल्य योगदान दिएका लेखक नारायण कृष्ण न्हुछे प्रधानको हिजो बेलुकी निधन भएको छ । उहाँ लाखेछेँ पुनर्निर्माण समितिका सल्लाहाकार पनि हुनुहुन्थ्यो । जंग बहादुरसँग बेलायत गएका सिद्धिमान राजभण्डारीको सन्ततिहरुले येँया भनिने इन्द्रजात्रको समयमा मजिपाः लाखे सार्वजनिक गरिनासाथ सबैभन्दा पहिले आफ्नो कुल घर क्यबछेँय्मा विशेष पूजा गर्ने परम्परालाई उहाँले पनि निरन्तरता दिनु भएको थियो । नेपालका अग्रज सर्भे इञ्जिनीयर मध्येका एक उहाँ नेपाल सरकारको नापी विभागका निमित्त महानिर्देशक भएरः सेवानिवृत्त हुनु भएको थियो । उहाँले ‘‘कर्मक्षेत्रमा भोगेका खेलतमाशा” किताव सहित सयौंको संख्यामा नापी, सर्वे सम्बन्धी लेख लेख्नु भएको थियो भने उहाँका अप्रकाशित कृतिहरुपनि उल्लेख संख्यामा रहेको परिवारले जनाएको छ।

Facebook Comments
LITERATURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *