नन्दिताको ‘नन्दिता गुनगुन’ सार्वजनिक

साउन २० – वाल साहित्य क्षेत्रका वरिष्ठ साहित्यकार गणेश अपारकि नातिनी नन्दिता वैद्य बाल गायिकाको रुपमा देखापरेकी छिन् । नन्दिताको एकल गिती एल्बम नन्दिता गुनगुनको शनिबार  विमोचन गरिएको छ ।  ललितपुरमा आयोजित कार्यक्रममा सांगितिक एल्बम नन्दिता गुनगुनको साथसाथै सोहि एल्वमको एउटा गीत ‘पुतलीको नाना’को म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको हो । कार्यक्रममा शताब्दि पुरुष संस्कृतिविद् सत्यमोहन जोशी साहित नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रिमियर इन्टरनेशनल स्कूलकी संस्थापक निर्देशक पवित्रा लिम्बु, म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्मा, नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, नृत्य निर्देशक साथै म्यूजिक भिडियो निर्देशक प्रदीपमान श्रेष्ठ, नन्दिताका पिता नन्दनराज वैद्य र माता रीता नेमकुल वैद्यले संयुक्त रुपमा एल्वमको विमोचन गर्नुभएको हो।

एल्वमको विमोचनसँगै संस्कृतिविद्  जोशीले अभिभावकले सन्तानमा आफ्ना इच्छाहरु लाद्न नहुने बताउनुभयो । आफ्ना इच्छाहरुमा बालबालिकालाई स्वतन्त्र छोडिदिए उनीहरुमा लुकेको प्रतिभा प्रष्फुटन हुने संस्कृतिविद् जोशीको भनाई थियो । कतिपय अभिभावकले आफ्ना अधुरा इच्छाहरु सन्तानमा लादिदिने गर्दा बालबालिकामा भएका प्रतिभा हराएर जाने हुँदा यस पक्षमा अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोशीले जोड दिनुभयो । विमोचित एल्वम ‘नन्दिता गुनगुन’मा पाँचवाट बालगीतहरु समाविष्ट छन् । एल्वमका गीतहरुको रचना गणेशराज वैद्य ‘अपार’, चतुर्भुज केवरत, गुरुदेव कामत, उत्तम थापा मगर, डि.पि. खनालले गर्नुभएको छ भने संगीत गुरुदेव कामत र उत्तम थापा मगरले दिनुभएको छ । एल्वमलाई म्यूजिक नेपालले बजारमा ल्याएको छ । २०६४ असार २० गते जन्मेकी नन्दिता वैद्य हाल प्रिमियर इन्टरनेशनल स्कूलमा ६ कक्षामा अध्ययनरत छिन् ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *