जेठ १० –  काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संगीतकर्मी संघले जनाएको छ ।  राष्ट्रिय संगीतकर्मी संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी दिएको हो । राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागि परेको जानकारी दिनुभयो ।  उहाँले कलाकारका रचना र क्षमताको आधारमा रोयल्टी पाउनुपर्ने भन्दै कलाकारहरुको सुरक्षा र अधिकारलाई मुल मुद्दा बनाएर आएको धारणा राख्नुभयो । आगामी महाधिवेशनले उचित नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । नेतृत्वको लागि सकेसम्म सहमति नै कायम गरिने यदि सहमति कायम हुन नसके लोकतान्त्रिक मुल्यमा रहेर नेतृत्व चयन हुने गरिने उहाँले जानकारी दिनुभयो ।

Facebook Comments
मनोरञ्जन, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *