बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया बन्द

असोज १९ – स्पष्ट कानुनी व्यवस्था नहुँदा बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया बन्द भएको छ । मोटरसाइकल दर्ता बा ९९ प ९९९९ सम्म पुगेपछि अब कुन आधारमा नयाँ मोटरसाइकल दर्ता गर्ने भन्नेबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको हो । यातायात व्यवस्था विभागका अनुसार बागमती अञ्चलमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएको छ । यातायात व्यवस्था नियमावलीमा दुई अंक सम्म मात्रै राखेर सवारी दर्ता गरिने प्रावधान छ । यो व्यवस्था परिवर्तन नभएसम्म नयाँ मोटरसाइकलमा तीन अंक राखेर दर्ता गर्न सकिदैन । नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको विभागले जनाएको छ । नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएपछि चाडपर्वको अफरमा मोटरसाइकल किन्ने तयारी गरेका सेवाग्राही अन्यौलमा परेका छन् ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *