आमा र बुबा हाम्रो लागि छत : सन्दर्भ मातृऔंशी

आजको दिन न त घोडे जात्रा हो न त संबिधान दिवस हो तर सबैलाई थाहा छ आजको दिन मातृऔंशीको दिन हो । दुःखको कुरा यो छ कि यत्रो ठूलोपर्व, आजको दिन हरेक आमाको दिन, तर राज्यसंचालन गर्नेहरुले बिदा घोषणा गरेको छैन ।

शायद बिना संस्कारमा हुर्केकाहरुको जमात नै बढि होला राज्य संचालन गर्नेहरुमा तर नागरिकलाई मूर्ख बनाएको छ घोडे जात्रामा  ।  शाहवंशको पालामा मनोरञ्जन स्वरुप शुरु भएको यो जात्रा अब शाहवंश त छैन तर घोडालाई भने बिदा मनाएर जात्रा गरेको छ हरेक वर्ष ।  आमा र बुबा हाम्रो लागि छतको रुपमा लिन सकिन्छ ।  हरेक कुरामा साथ दिएको हुन्छ जसरी भगवानले मानिसलाई हरेक कुरामा साथ दिएको हुन्छ । त्यसकारण आमा र बुबालाई भगवान मानिन्छ । संबिधान दिवस बिदा किन दिइयो त्यो दिन झन नयाँ नयाँ योजना परियोजनाको निर्माण गर्नु पर्ने दिन । तर भद्र भलादमीहरुले बिदा मनाएर त्यसको अपमान गरेको छ । 

उस्ताद सुदर्शन राजोपाध्याय

Facebook Comments
लेख/विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *