शिक्षक अभावका कारण मातृभाषामा पढाउने विद्यालयमा समस्या

साउन २३ – दोलखामा मातृभाषामा पढाउने भन्दै ११ वटा विद्यालय दर्ता भए पनि ८ वटा विद्यालयमा मात्रै मातृ भाषामा कक्षा सञ्चालन भएको छ । पढाई सुरु भएका विद्यालयमा पनि अनुमति लिइएको कक्षासम्म पढाई हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाले जनाएको छ । मातृभाषामा कक्षा सञ्चालन गर्ने भनेर अनुमती लिएको छोइलिङ गुम्बा भुसाफेदामा ३ कक्षासम्म अनुमति लिए पनि अहिले १ कक्षासम्म मात्रै पढाई भइरहेको छ । भने कतिपय विद्यालयमा भने शिक्षक अभावका कारण बन्द भएको छ । दोलखामा कुल ३ सय ६३ विद्यालय छन् ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *