४ र ७ सँग तिखारिएका मीनको मुडस् एण्ड मोमेन्ट

बैशाख २४, ललितपुर –  फोटोको पाटो क्षणसँग जोडिएको हुन्छ । जुन क्षणको फोटो कैद गर्नु पर्ने हो त्यहि क्षणमा नै चनाखो भएर क्यामेरा क्लिक गर्न सकेको खण्डमा फोटो जीवन्त  हुन्छ । क्षणलाई फोटो पत्रकार मीन रत्न बज्राचार्य एकदमै महत्व दिनु हुन्छ र भन्नु हुन्छ हरेक क्यामेराको क्लिक क्षणमा नै जोडेको हुन्छ । त्यसैले उहाँले आफनो एकल प्रदर्शनीको नाम जुराउनु भएको छ – मुडस् एण्ड मोमेन्ट ।

मुडस् एण्ड मोमेन्ट गएको बैशाख २२ गते शनिबारबाट ललितपुरको गोदावरी टौखेलस्थित द ग्रेट सिर्जना घरमा संचालन भइरहेको छ । २०४४ सालदेखि फोटो पत्रकारीतामा लागेका बज्राचार्यका ८४ वटा फोटोहरु प्रदर्शनीमा राखिएका छन् ।

 

अाउँदो असार ६ गते सम्म चल्ने प्रदर्शनीमा पुरातात्विक महत्व, महिला शशक्तिकरण, आन्दोलन लगायतका फोटोहरु समावेश गरिएका छन् ।

 

हुनत , मीन रत्न बज्राचार्यको नाम आन्दोलनका फोटोसँग जोडेको पाइन्छ । २०४६ सालको आन्दोलन र २०६२/६३ को आन्दोलनका फोटोहरुले उहाँलाई चर्चामा ल्याएको उहाँ सम्झनु हुन्छ । २०४६ सालको आन्दोलन ताका विजय जुलुसमा सहभागी एक महिलाको फोटोले उहाँलाई नाम दिएको थियो भने २०६२/६३ को आन्दोलनमा पनि  तीनै महिलाको फलो अफ फोटोले झन उहाँलाई चर्चामा ल्याइदियो ।

४ र ७ को अंकले जीवनमा ठूलो भूमिका खेलेको बताउँदै ७ वर्षको उमेर देखि काम गर्न थालेको सम्झनु हुन्छ । चार वर्षको उमेरमा उहाँले बुबा गुमाउनु भयो ।  २०४७ सालको अान्दोलनले उहाँलार्इ चर्चामा ल्याइदियो ।

मुडस् एण्ड मोमेन्टमा उहाँलार्इ चर्चित बनाएका सहित मुड र क्षण प्रतिबिम्बित भएका फोटोहरू राखिएका छन् ।

 

यो पनि पढ्नु होस्

मीनरत्न बज्राचार्यसँगको कुराकानी

Facebook Comments
फोटो ग्यालरी, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *