साउन १० – फ्रान्सया डा. फ्रेडरिक मोरोन्भालले अंग्रेजीमा लेख्नु भएको दी मिसन अफ दी नेवारस् अपहोल्डिङ्ग नेपालभाषा एण्ड बुद्वधर्मको नेपालभाषामा अनुदित पुस्तक नेपालभाषा व बुद्धधर्म च्वन्ह्याकेत नेवाःतय्सं छ्यगुपलाः को लोकार्पण गरिएको छ । बुधबार काठमाडाैमा भएको कार्यक्रममा सताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठले अनुदित पुस्तकको लोकार्पण गर्नुभएको हो । विष्णु चित्रकार व सिचु चित्रकारले अंग्रेजीमा लेखिएको पुस्तकको नेपालभाषामा अनुवाद गर्नु भएको हो । कार्यक्रममा फ्रान्सया काउन्सिलर आर्नो सम्पि,  संघीय समाजवादी फोरमकाा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मल्ल के सुन्दर, डा. नरेशमान बज्राचार्यं ,विष्णु चित्रकार, लगायतले अाअाफ्नो मन्तव्य राख्नु भएको थियो ।

 

 

 

 

 

 

 

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *