भाद्र २७ – नेपालगञ्जमा मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८  सम्पन्न भएको छ । नेपालगञ्जमै पहिलो पटक आयोजना भएको प्रतियोगीतामा नेपालगञ्जको पहिलो मिसेज डिभा इन्टरनेशनल भने सरिता शर्मा बनेकि छिन् । सरिताले टाइटलको साथमा भ्यूअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार पनि हात पारिन् । दोश्रो स्थानमा पर्न सफल पूजा गुप्ताले बेस्ट वाल्कको पुरस्कार पनि जितेकी थिइन् । संगीता आर.सि. तेश्रो स्थानमा परिन भने उनी प्रतियोगीतामा बेस्ट ट्यालेन्ट हुन पनि सफल भइन् । उपाधी विजेता सरितालाई आयोजकको तर्फबाट राज फैजु, श्रीषा वैदार फैजु र हेमराज सन्तोष खनालले ताज पहिर्याइ दिए भने दोश्रो भएकि पूजालाई गीता शाह र अनुप डंगोलले र तेश्रो भएकि संगीतालाई पिंकि शाह र दिपेन्द्र केसीले ताज पहिर्याइ दिएका थिए ।


त्यसैगरी किड्स अफ द इयर २०१८ तर्फ ब्वाइजमा विपिन खड्काले उपाधी जिते । विपिनले उपाधीको साथमा बेस्ट वाल्क र बेस्ट ड्रेसको पुरस्कार पनि जिते । अभिनव शर्मा दोश्रो स्थानमा परे भने उनले बेस्ट ट्यालेन्ट पनि पाए । तेश्रो स्थानमा पर्न सफल कुशाग्र गुप्ताले बेस्ट सिन्सियर पनि पाए । विजेताहरुलाई सुरेन्द्रकुमार श्रेष्ठ (जेनिस) ले ताज पहि¥याइदिए । सुरेन्द्र काठमाडौंमा भएको लिटिल प्रिन्सको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड्स फेसन रनवे २०१८ मा तेश्रो स्थानमा विजयी भएका प्रतियोगी हुन् ।


गल्र्सतर्फ संचिता राना मगरले उपाधी हात पारिन् । संचिताले पनि उपाधीको साथमा बेस्ट वाल्क पनि पाए । प्रति उषा घिमिरे दोश्रो भइन् भने उनले भ्यूअर्ज च्वाइस पनि पाए । बेस्ट लीडरसीप समेत पाएकि सोनिया साउद तेश्रो स्थानमा परिन् । उपाधी विजेताहरुलाई काठमाडौंमा सम्पन्न लिटिल प्रिन्सेजको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड्स फेसन रनवे २०१८ मा उपाधी विजेता सैब्या घिमिरेले ताज पहिर्याइदिइन् । डिभातर्फ अडिसनबाट छानिएका पाँच जना महिलाहरुको सहभागीता थियो भने किड्सतर्फ ८ देखि १५ वर्षसम्मका २३ जना बालबालिकाहरुको सहभागीता थियो । विवाहित महिलाहरुको घरभित्रै लुकिरहेको प्रतिभा उजागर गर्ने उद्देश्यले मिसेज डिभाको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै बालबालिकाहरुभित्र लुकेर बसेको प्रतिभासँग उनीहरुलाई साक्षात्कार गराउने उद्देश्य पनि आफ्नो रहेको आयोजकको भनाई छ । नेपालगञ्जमा यस किसिमको प्रतियोगीता आयोजना पहिलो पटक भएको आयोजकको दावी रहेको छ ।


किड्स र मिसेज डिभा दुवै समूहलाई कोरीयोग्राफी इन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर राज फैजुले गरेका थिए । ड्रेस डिजाइन भने नेपालगञ्जकै इम्प्रेसन बुटिकले गरेको थियो । पाण्डव मिडियाको प्रस्तुति रहेको कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को थियो भने संयोजन राजश्री कलेक्सनले गरेको थियो । प्रतियोगीतामा विजयी किड्सहरुले विदेशमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा समेत सहभागीता जनाउने अवसर पाउने रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर राज फैजुले बताउनुभयो । आफुले प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै क्याटवाकदेखि लिएर आवश्यक अन्य तालीमहरु पनि दिएको र प्रतियोगीतहरुमा विकास भएको प्रतिभा र आत्मविश्वासलाई हेर्दा अन्तर्राष्ट्रिय प्रतियोगीतामा पनि प्रतियोगीहरुले नेपालको नाम चम्काउनेमा आफु निकै आशावादी रहेको फैजुको भनाइ थियो ।


प्रतियोगीतामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वले निर्णायकको भूमिका सम्पन्न गरेका थिए । प्रतियोगीतामा निर्णायकमा चलचित्र कलाकार सुभेच्छा थापा, रश्मी भट्ट, मोडल कलाकार खगेन्द्र नेपाल, चर्म रोग विशेषज्ञ डा. विनोद कर्ण, होटल व्यवसायी दिनेश भण्डारी सम्मिलित थिए । कार्यक्रमको विशेष आकर्षणको रुपमा लिटिल प्रिन्सेजको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड्स फेसन रनवे २०१८ मा उपाधी विजेता सैब्या घिमिरे र लिटिल प्रिन्सको साथै भारतमा सम्पन्न इन्टरनेशनल एस्थेटिक्स किड्स फेसन रनवे २०१८ मा तेश्रो स्थानमा विजयी सुरेन्द्रकुमार श्रेष्ठको वाल्क पनि रहेको थियो । साथै सैब्या र सुरेन्द्रले विगतमा आफुहरुले प्रतियोगीतामा सहभागी भइसकेपछि आफुले सिकेका कुराहरु र आफुमा आएको परिवर्तनको बारेमा भनाई समेत राखेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धलवशमसेर राणाको पनि उपस्थिती थियो ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *