अमेरिका: मध्यावधी चुनावको प्रारम्भिक परिणाम सार्वजनिक

कार्तिक २१ – अमेरिकामा भएको मध्यावधी चुनावको प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेको छ । पूर्वी भेगका केही राज्यको तल्लो सदनका सदस्यको प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेको बीबीसीले जनाएको छ । अमेरिकी तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदनका एक सयमध्ये ३५ सिटका लागि हिजो चुनाव भएको हो । धेरै ठाउँको मतगणना भइरहेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो चुनावमा मतदाताको उत्साहपूर्ण सहभागि भएका छन् ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *