अमेरिकाः राष्ट्रपति ट्रम्प डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्न तयार

कार्तिक २२ –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । मध्यावधि चुनावमा संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रेटिक पार्टीले बहुमत ल्याएपछि राष्ट्रपति ट्रम्पले विपक्षी दलसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको हो । ट्रम्पलाई अब आफ्ना एजेण्डाहरु पारित गर्न समस्या पर्ने विश्लेषण भइरहेका बेला उहाँको यस्तो धारणा आएको हो । संसदमा बहुमतका लागि २ सय १८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिक पार्टीले त्यसभन्दा बढी सिट जितेको छ । सिनेटमा भने राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ । सिनेटमा डेमोक्रेटिकको ४५ र रिपब्लिकनको ५१ सिट भएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *