मेलम्चीको पानी ६० दिनपछि काठमाडौंमा

मंसिर १६-  मेलम्ची खानेपानी आयोजनाको टनेलमा ६० दिनपछि पानी छोडिने भएको छ । आयोजनाको ८५ प्रतिशत टनेलको काम सकिएपछि पानी छोड्ने तयारी गरिएको हो ।  सिंहदरबारमा आईतबार बसेको विकास तथा प्रविधि समितीको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले हाल टनेलको हालसम्म २४ किलोमिटर टनेलको फिनिसिङ सकिसकेको जानकारी दिनुभयो । आयोजनामा हालसम्म २६ दशमलव ३५ अर्ब रुपैंया खर्च भैसकेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताउनुभयो । अहिले दैनिक ९० मिटरसम्म फिनिसिङको काम भैरहेको र सोहि गतिलाई कायम राख्न सकिए अबको ४० दिनमा टनेल फिनिसिङ हुने उहाले बताउनुभयो । उहाले निर्माणको काम सकिएपछि पानी जम्मा हुन ३ दिन लाग्ने भन्दै त्यसपछि काठमाडौंमा पानी ल्याउन सकिने जानकारी दिनुभयो ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने मेलम्चीको २६ किलोमिटर सुरुङको काम अबको ३० दिनमै सकिने भए पनि आयोजनाको मुख्य प्रवेशमार्गको काम सक्न अझै केहि दिन लाग्ने बताउनुभयो । उहाले पानी प्रशोधन केन्द्र सुन्दरीजलमा बन्ने जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ भनी प्रश्न गरेका थिए । बैठकले निर्धारित समयावधिभित्र विभिन्न कारणले पानी वितरण कार्यमा ढिलाई भइरहेको हुँदा जनतामा बिभिन्न आशंका उत्पन्न भएकोले शीघ्र निर्माण कार्य सम्पन्न गरी पानी वितरण सुरु गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै विभिन्न खानेपानी आयोजना कार्यक्रमहरु खास गरी नेपालगञ्ज र बुटवलमा देखिएका अनियमितताहरुको सम्बन्धमा सत्यतथ्य बुझ्नको लागि मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन यथाशीघ्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *