२ महिनाभित्र मेलम्चि आयोजनाले काठमाण्डुबासीलार्इ पानी पिलाउने

असोज १२ –  मेलम्चि खानेपानी आयोजनाको सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । झण्डै २५ दशमलव ८ किलोमिटर मध्ये १५ दशमलव ८७ किलोमिटर सुरुङ निर्माण सकिएको छ । बाँकी १० दशमलव ५३ किलोमिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिक रुपमा २ सय देखि २ सय ५० मिटरको दरले टनेलको काम भइरहेको छ । यहि गतिमा अगाडी बढ्दै जाने हो भने सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुने मेलम्चि खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले जानकारी दिनुभयो । अबको झण्डै २ महिनाभित्र काठमाण्डुबासीले मेलम्चिको पानी पिउन पाउने थापाले दाबि गर्नुभयो । अव भने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । सन् २००१ देखि मेलम्चिको आयोजनाको काम सूरु भएको थियो ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *