असोज १६ – मेलम्चीको दोस्रो चरण याङ्री र लार्केको सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन दुई महिनामा तयार हुने भएको छ । याङ्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी काठमाडौं ल्याउने सरकारको लक्ष्य छ । मेलम्ची खोलाको मुहानस्थल अम्बाथानबाट याङ्री आठ र लार्के दुई किलोमिटर टाढा रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिनुभयो । सुरुङमार्ग निर्माण गरिने भाग लाङ्टाङ राष्ट्रिय निकुञ्जको वन क्षेत्र भएकाले पहिले जस्तो काममा बाधा नआउने आयोजनाले जनाएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पनि दुई महिनामा तयार हुने जनाइएको छ । दुवै प्रतिवेदन निर्माणको काम परामर्शदाता कम्पनी इप्तिसाले गरिरहेको छ । समितिले सुन्दरीजलमा प्रशोधन केन्द्र निर्माण गर्नेसम्मको काम गर्नेछ । मेलम्ची पहिलो चरणको काम दुई महीनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानीमा वितरणको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *