२ महिनामा मेलम्चीको पानी काठमाडौंमा

मंसिर ११ –  मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी अबको २ महिनामा काठमाडौं आउने दाबी गरेको छ । सबैजसो काम अन्तिम चरणमा पुगेकाले अवको २ महिनामा मेलम्चीको पानी काठमाडौं आउने मेलम्चि खानेपानी आयोजनाका उप कार्यकारी निर्देशक भोजविक्रम थापाले दाबी गर्नुभयो । २ महिनाभित्र पहिलो चरणको पानी काठमाडौ आइपुग्ने उहाँले दाबी गर्नुभयो । अहिले दैनिक १ सय ५० देखि २ सय मिटरका दरले मेलम्चीको अन्तिम सुरुङ निर्माणको काम भइरहेको छ । त्यस्तै बनाउन बाँकी २९ सय ३४ मिटर टनेलको काम पनि भइरहेको छ । टनेल खन्न खोलिएका ७ प्रवेशद्धार टाल्ने काम पनि अहिले भइरहेको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *