साउन १४ – अस्पताल र स्वास्थ्य संस्थाबाट निस्कने औषधिजन्य फोहरले रोगको संक्रमण बढ्दै गएको छ । औषधिजन्य फोहोर विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ कार्यान्वयन नगर्दा अस्पतालबाट निस्कने फोहोर पनि सामान्य फोहोर जसरी व्यवस्थापन हुदै आएको छ । काठमाडौँ उपत्यकाका अधिकांश स्वास्थ्य क्लिनिकले फोहरलाई सामान्य फोहर सरह मिल्काउने गर्दा वातावरणीय प्रदूषण बढ्नुका साथै विभिन्न रोगको संक्रमण फैलने जोखिम पनि बढेको हो । अस्पतालबाट निस्कने फोहरमध्ये काँच, धारिला पदार्थ र सुईजन्य फोहरबाट गम्भीर चोटपटक लाग्ने खतरा पनि हुन्छ । रगतजन्य फोहरको सफाइमा संलग्न कर्मचारीले पर्याप्त सुरक्षा उपाय नपनाउदा एचआइभी, हेपाटाइटिस बी र सी तथा अन्य सरुवा रोग लाग्न सक्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले बताउनुभयो । उपत्यकाका ठूला र चल्तीका अस्पतालले छुट्टै स्थानमा आवश्यक उपकरणमार्फत फोहर छुट्याएर विसर्जन गर्न शुरु गरेपनि सबैले त्यसलाई नपछ्याउदा जोखिम बढेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सृजना श्रेष्ठले बताउनुभयो ।

Facebook Comments
SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *