द मास्क प्रदर्शनीमा

मंसिर २१  – कलाकार सुरज शाक्यले बनाएका विभिन्न मुखौटाको प्रदर्शनी ‘‘ख्वाःपाः, द मास्क” ललितपुरको पाटन संग्रहालयमा चलिरहेको छ ।  शाक्यले निर्माण गरेका ६ इञ्चदेखी १८ इञ्चसम्मका ५१ वटा मास्क प्रदर्शनीमा राखिएका छन् । पुरातन शैलीका मास्क देखी समयसामयिक रुपमा चलेका विभिन्न प्रकारका मास्क हरु मण्डला, सिंह, भैरव आदि उक्त प्रदर्शनीमा राखिएका छन् ।

सन् १९९८ प्रथम नेपाल भ्रमण वर्षमा पहिलो पटक केही मास्क प्रदर्शनी गरेका कलाकार शाक्यले त्यसपश्चात् निर्माण गरेका मास्कहरु पहिलो पटक एकल प्रदर्शनीमा राखिएका छन् । बुवा पूर्णरत्न शाक्य मास्क बनाउने थोरै कालिगडमा गनिएको तर उहाँको पुस्तापछि मास्कसम्बन्धी हस्तकला हराउने डरले पनि यो कलामा लागिपरेको कलाकार शाक्यले बताउनु भयो । चित्रकला, काष्ठकला लगायता कलाहरुको प्रदर्शनी हुने गरेको तर मास्कसम्बन्धी प्रदर्शनी नभएकोले मास्क प्रदर्शनीमा राखिएको शाक्यको भनाई छ । प्रदर्शनी आगामी सोमबार सम्म चल्नेछ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *