जेठ १९ – रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भइसके पछि गरिने मांसाहुति यज्ञ सम्पन्न भएको छ । परापूर्वकाल देखि जात्रा सम्पन्न भएको सन्देश स्वर्ग लोक र पाताल लोकमा पठाउने परम्परा अनुसार आज मांसाहुति यज्ञ गरिएको हो । यो यज्ञ लगनखेलको बटुक भैरव मन्दिर परिसरमा गरिन्छ ।

स्वर्गलोकमा सन्देश पठाउनको लागि एक जोडी परेवा आकाशमा उडाइन्छ भने पाताललोकमा रहेका कर्कोटक नागराजलाई सन्देश दिनको लागि पोखरीमा एक जोडी माछा छोडिन्छ ।

परेवा छोडनको लागि खासै समस्या छैन तर माछा पोखरीमा छोड्नको लागि भने ठूलै समस्या छ । किनभने जुन पोखरीमा माछा छोडिनु पर्ने हो त्यहाँ पानीको साटो फोहोर मात्रै छ ।

त्यसैले यो धार्मिक काम सम्पन्न गर्नको लागि स्थानीयबासिन्दाले ट्याङ्करमा पानी किनेर लगनखेलको सप्तपाताल पोखरी रहेको स्थानमा खाल्डो खनेर एक दिनको लागि भए पनि कृत्रिम पोखरी बनाएर माछा छोडेर कर्कोटक राजालाई सन्देश पठाउँदै आएका छन् ।

आज पनि त्यसै गरिएको छ।  स्थानीय बासिन्दा विगत १४ वर्षदेखि सप्तपाताल पोखरीलाई पोखरीको रूप कायम गर्नको लागि अदालत धाइरहेका छन् । यसै विच मांसाहुति यज्ञको अवसरमा सप्तपाताल पोखरी संरक्षण समितिको आयोजनामा बटुक भैरव परिसरमा भएको कार्यक्रममा सप्तापाताल पोखरीलाई पोखरीको रुपमा कायम गर्ने सम्वन्धमा विगतमा नगरपंचायत र उपमहानगरपालिका हुदाँका बखतमा भएका गल्तीलाई आफनो कार्यकालमा हुन नदिने भनेर ललितपुर महानगरपालिकामा प्रमुख चीरीबाबु महर्जंनले बचन व्यक्त गर्नु भयो । त्यस्तै सासंद पम्फा भुसाल , ज्यापू समाज यलका अध्यक्ष प्रेम महर्जन , लगायतले पनि सप्तपाताल पोखरीलाई पाखेरीको रुपमा कायम गर्नको लागि आफूहरुको पनि सहयोग हुने बताउनु भयो ।

 

यो पनि पढ्नु होस्

ट्याङ्करमा पानी किनेर कृत्रिम पोखरी बनाएर यसपाली पनि माछा छोडिनेछ: सन्दर्भ सप्तपाताल पोखरी

Facebook Comments
फोटो ग्यालरी, सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *