असोज २३ – सरकारले मंगलबारदेखि भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारमहरुको व्यवस्था गरेको छ ।  देशैभरका मालपोत तथा भूमिसुधार कार्यालयमा सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दे सरकारले सरलीकृत फारमहरुको व्यवस्था गरेको हो । भूमि व्यवस्थापन तथा अभिलेख बिभागको आयोजनमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरलीकृत फारमको शुभारम्भ गर्नुभयो । सरलीकृत फारम सेवाग्राही आफैँले भर्न सक्ने भएकाले भूमिसुधार तथा मालपोत कार्यालयहरुमा बिचौलियाको साहारा लिन नपर्ने बिभागले जनाएको छ । यो सेवा मंगलबारदेखि देशका ३४ मालपोत कार्यालयमा उपलब्ध भएको छ । अन्य मालपोत कार्यालयहरुमा पनि केही समयभित्रै सरलीकृत सेवा उपलब्ध हुने मन्त्री अर्यालले बताउनुभयो । मन्त्री अर्यालले भूमिसुधार तथा मालपोतको सुधारका लागी मन्त्रालयले निरन्तर काम गर्ने जानकारी दिनुभयो । उहाले लामो समयदेखि भूमिसंग जोडिएका समस्या समाधानका लागी आवश्यक ऐन नियम निर्माणका क्रममा रहको बताउनुभयो । उहाले ५ बर्षभित्र भूमिसंग जोडिएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।  मन्त्री अर्यालले आफ्नो सेवालाई व्यवस्थीत गर्न भूमिसुधार तथा मालपोतका कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *