असोज ४ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियामा ज्यान गुमाएका नेपालीको शव जतिसक्दो छिटो स्वदेश ल्याउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । यस्तै बिरामी भएकाको उपचारमा कमी हुन नदिने पनि मलेशियामा रहेको नेपाली दूतावासलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । नेपाली दुतावासले स्थानीय प्रशासनसँग शव व्यवस्थापन र बिरामीको उपचारका लागि समन्वय गर्ने काम भैरहेको जानकारी दिएको छ । पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउने पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ । मलेसियामा विषाक्त रक्सी खाँदा जना नेपालीको ज्यान ६ गएको छ । बिरामी परेका १२ जनाको उपचार भैरहेको छ । चारजना भने उपचार गराएर फर्किएका छन् ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *