मकालुले मङ्गलबारसम्ममा उडान थाल्ने

भाद्र २ –  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसै साताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो । मकालुले आउँदो सातादेखि बैंककबाट उडान शुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।
‘नाइन एन एएलजेट’ कलसाइनको यो विमान गएको साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गएको असार १४ गते आएको थियो । अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान शुरु गरेको थियो । पहिलो वाइड बडीले उडान शुरु गरेयता राम्रै व्यापार गरिरहेको जनाइएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *