माजुदेगःको पुनर्निर्माण शुरु

कार्तिक १३ – काठमाडौको हनुमानढोका दरबार परिसरमा रहेको सांस्कृतिक सम्पदा माजुदेगः मन्दिरको पुनर्निर्माणको काम शुरु भएको छ । भूकम्पले क्षतिग्रस्त यो सम्पदा ५ करोड ८८ लाख रुपैयाको लागतमा पुनर्निर्माण शुरु गरिएको काठमाडौ महानगरपालिकाले जनाएको छ । यस्तै, काठमाडौको बसन्तपुरमा नौंतले दरबारको पुनर्निर्माणको काम पनि भइरहेको छ । चीन सरकारको सहयोगमा दरबारको पुनर्निर्माण शुरु गरिएको हो । नौतले दरबारसँगै जोडिएको भक्तपुर ललितपुर र कीर्तिपुर टावरको पनि पुनर्निर्माणको काम पनि शुरु भएको छ । यी चारवटै सम्पदाको भित्री भाग बनाउने काम भइरहेको छ । २०७२ सालको भूकम्पले भत्काएका १५ सय सम्पदामध्ये १४ सय भन्दा धेरै सम्पदाको पुनर्निर्माण हुन सकेको छैन ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *