राष्ट्रकवि माधवप्रसाद घिमिरे १०० औं वर्षमा प्रवेश

असोज ७ – राष्ट्रकवि माधवप्रसाद घिमिरे आज १०० औं वर्ष प्रवेश गर्नुभएको छ । १००औं वर्ष प्रवेशका अवसरमा राष्ट्रकवि घिमिरेले आज घरमै पूजापाठ गर्नुभएको छ । उहालाई १००औं वर्ष प्रवेशको शुभकामना दिन काठमाडौंको कपुरधारास्थित निवासमा बिहानैदेखि भीड लागेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि घिमिरेको निवासमै पुगेर शुभकामना दिनुभएको छ ।

विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, सरकारी वरिष्ठ अधिकारीहरुसमेत निवासमै पुगेर उहालाई शुभकामना दिएका छन् । स्वच्छन्दतावादी भावधारा र परिस्कारवादी शैली भएका कुशल नेपाली साहित्यका कवि र गीतकारसमेत रहेका राष्ट्रकवि घिमिरे अहिले पनि सक्रिय हुनुहुन्छ । उहाको विभिन्न कृति सार्वजनिक भइसकेका छन् ।

सानै उमेरदेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाब्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्ध जस्ता अनेकौं विधा–उपविधामा निरन्तर कलम चलाउँदै घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उहा हाल काठमाडौंको कपुरधारामा बस्दै आउनुभएको छ ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *