कार्तिक १२  – नेवार समुदायले म्हपुजा गर्नको लागि बनाउनु पर्ने परम्परागत मण्डप बनाउने तालिम ललितपुरमा शुरु भएकाे छ।नेवाः स्यनेकुथिले हिजाेबाट  तालिम शुरू गरेकाे हाे । हिजाेबाट एक हप्ते  परम्परागत तालिम शुरु भएकाे स्यनेकुथिका प्रमुख रुबिन शाक्यले बताउनु भयो । तालिममा कुनै पनि किसिमको थापको प्रयोग नगरेर हातैले परम्परागत मण्डप बनाउन सिकाउने उहाँले बताउनु भयो । शाक्यका अनुसार एक हप्तासम्म चल्ने तालिममा म्हपुजाको समयमा बनाउने मण्डपको विशेषता, यस्को विधि विधान , मण्डप बनाउने तरिका लगायत सिकाइनेछ । ७ वर्ष अघि देखि नेवा स्यनेकुथिले यस्तो तालिमको आयोजना गर्दै आएको हो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *