असोज १५ – म्यासेडोनियाको नाम परिवर्तन गरेर नर्थ म्यासेडोनिया राख्न हिजो भएको जनमत संग्रहमा कम मत खसेको छ । जनमत संग्रहमा ५० प्रतिशत मत खस्नुपर्ने भए पनि ८५ प्रतिशत मतगणना सकिएको र बाँकी मतगणना हुँदा पनि ५० प्रतिशत पुग्ने सम्भावना कम रहेको बिबिसीले जनाएको छ । मतदान गरेका ९० प्रतिशतले म्यासेडोनियाको नाम परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा मत खसालेका छन्। । तर आवश्यक मत नखसेपछि म्यासेडोनियाको नाम परिवर्तन हुने वा नहुने विषयमा अन्यौल थपिएको छ । म्यासेडोनियाका प्रधानमन्त्री जोरन जाएबले बहुमतको इच्छाको कदर गर्न संसदलाई अपिल गर्नु भएको हो । संसदले अहिलेको खसको मतको कदर नगरे तत्काल नयाँ चुनावको आह्वान गर्ने पनि उहाँले चेतावनी दिनु भएको छ । सन १९९१ मा युगोस्लाभियाबाट छुट्टिएपछि म्यासेडोनिया स्वतन्त्र देश घोषित भएको थियो ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *