थँहिटी चोकमा इन्द्रायणी सहित अन्य देवीहरुको जात्रा

मंसिर २१ – काठमाडौंको थँहिटी चोकमा राखिएका इन्द्रायणी, ज्वालादेवी, शोभा भगवती लगायत विभिन्न सात देवीहरुलाई सातवटै भिन्न भिन्न खट्मा राखेर जात्रा गरिँदैछ । गए राती विष्णुमती किनारमा रहेको इन्द्रायणीस्थानमा विशेष पूजा गरी ल्याइएका देवीहरुका खटहरुको आज दिनभरी नै काठमाडौंको माथिल्लो र तल्लो भेग परिक्रमा गराइने मजिपातकी ज्वालादेवीका पुजारी सानुराजा रञ्जितले बताउनुभयो । जात्रा आजै राति समपन्न गरिनेछ । यस जात्रालाई सात अजिमाका दिदी बहिनीको जात्रा पनि भन्ने गरिएको छ ।

Facebook Comments
HERITAGE/CULTURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *