कार्तिक १२ – बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत ब्याजदरमा ऋण दिन आलटाल गरेपछि भूकम्प पीडितले अब सहुलियत ऋण नपाउने भएका छन् । ऋण लिनका लागि सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने गरी एक अर्बको कोष खडा गर्न लागेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा १५ लाख रुपैयाँ र उपत्यकामा २५ लाख रुपैयाँ सहुलियत ऋण दिने घोषणा गरेको थियो । अहिलेसम्म दुई प्रतिशत ब्याजदरको ऋण १३ सय भूकम्प पीडितले मात्रै पाएका छन्न् । भू्कम्पले भत्किएका निजी आवास पुनःनिर्माण चालु आर्थिक वर्षमा सक्ने सरकारको लक्ष्य छ ।

Facebook Comments
अर्थ, ब्यानर

Leave a Reply

Your email address will not be published. Required fields are marked *