६० करोड रुपैयाँ बराबरका विद्युतीय सामग्री नेपाल भित्रियो

कार्तिक २१ –  तिहारका लागि यो वर्ष ६० करोड रुपैयाँ बराबरका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग हुने ६० करोड रुपैयाँ बराबरका विद्युतीय सामग्रीमा विदेशबाट नेपाल भित्रिएको नेपाल विद्युत व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न किसिमका झाल्लर, डिस्को बल्ब, बत्ती बल्ने फोटो फ्रेम, मूर्ति, विद्युतीय मैनबत्ती, रङ्गीन ट्युबलाइटल गायत दीपावली सामग्री नेपाल भित्र्याइएका हुन् । तिहारमा प्रयोग हुने यी विद्युतीय सामग्री ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट भित्रिएको हो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *