देशभरका शिव मन्दिरमा पितृको नाममा बत्ती बालिंदै

मंसिर १९ – बाला चतुर्दशीको अघिल्लो दिन आज देशभरका शिव मन्दिरमा पितृको नाममा बत्ती बालिंदैछ । मंसिरको कृष्ण त्रयोदशीको बेलुकी शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रातभर जाग्राम बस्ने परम्परा छ । बालाचतुर्दशीको दिन विहान शिवालयमा सतबीज छर्ने गरिन्छ । पशुपतिनाथमा आज बेलुकी बत्ति बाल्न र भोली सतविज छर्न विभिन्न ठाउँबाट श्रद्धालु भक्तजन पुग्ने क्रम शुरु भइसकको छ । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार एक सय बीउ छरिने भएकाले शतबीज भनिएको हो । शतबीज भनिएपनि अहिले सप्तबीज अर्थात धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक पुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । भोलि बीज छर्दासुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । पशुपति क्षेत्रविकास कोषले बाला चतुर्दशीका लागि सवै तयारी पुरा भएको जनाएको छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *