ललितपुर महानगरपालिकामा प्रवलीकरणको काम शुरु हुन सकेन

पुस २७ – धेरै नीजि आवास प्रबलीकरणका लाभग्राही रहेका ललितपुर महानगरपालिकामा प्रवलीकरणको काम शुरु हुन सकेको छैन । अहिलेसम्म प्रबलीकरण सकेर दोस्रो किस्ता वापतको रकम लिनेको संख्या महानगरमा शून्य रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला अनुदान कार्यान्वयन एकाइले जनाएको छ । प्रबलीकरणका विषयमा भूकम्प प्रभावित मात्रै नभई, प्राविधिक र स्थानीय तह प्रष्ट हुन नसक्दा काम अघि बढ्न नसकेको महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरीशचन्द्र लामिछानेले बताउनुभयो । प्रवलीकरणमा एक हजार ३८१ लाभग्राही रहेकामा ४६३ लाभग्राहीसँग मात्र अनुदान सम्झौता भएको महानगरले जनाएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *