कुमारीको रथ अाज महिलाहरुले तान्ने

असोज १२ –  इन्द्रजात्राको आज अन्तिम दिन , कुमारीको रथ महिलाहरुले तानिदैछ । केहि वर्ष अघि देखि आजका दिन कुमारीको रथ महिलाहरुले मात्र तान्न थालेका हुन् । आज महिलाहरुले कुमारी सहित गणेश, कुमारको रथलाई बसन्तपुर, प्याफल , नरदेवी , किलागल , भेडासिहंबाट तानेर कुमारी घरमा नै फर्काइने इन्द्र जात्रा व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै आज एक हप्ताको लागि खोलिएको श्वेत भैरवको ढोका पनि बन्द गरिदैछ भने जात्राको लागि विभिन्न ठाँउबाट आएका पुलुकिसी, लाखे लगायतका देवगण पनि पुजा थापेर आआफ्नो ठाँउमा नै फर्किदैछन् । त्यस्तै आजका दिन राष्ट्रप्रमुखले कुमारीका हातबाट टिका थाप्ने परम्परा छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *